बन्दना नेपाल, जो १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदै

काठमाडौं, कार्तिक ८ । काठमाडौंको नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि उनले गिनिज वल्र्ड अफ रेकर्डमा एप्लाई गरिसकेकी बताएकी छन् ।

 

डान्स टिचर समेत रहेकी बन्दनाले एक युट्युब च्यानलसँग कुराकानी गर्दै आफुले १२६ घण्टा नाचेरै गिनिज बुकमा नाम लेखाउँदै गरेकी जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘मैले लङ्गेष्ट डान्स म्याराथनको लागि एप्लाई गरेकी छु । मैले १२६ घण्टा नाचेर रेकर्ड राख्न लागेकी हुँ ।

 

यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर कायम गरेकी रेकर्डलाई तोड्न लागेकी हुँ । यो कात्तिक २४ गतेबाट सुरु हुन्छ ।’ उनले थपिन्, ‘१ घण्टामा ५ मिनट रेष्टको टाइम हुन्छ । सो समयमा रेष्ट गर्ने, रेष्टरुम जान मिल्छ ।’

कमेन्ट गर्नुहोस्