मेलम्चीले भत्काएका सडकको मर्मत तत्काल सुरु गरिने

काठमाडौं, कार्तिक ८ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउन भत्काइएका उपत्यकाका भित्री सडकको मर्मत तत्काल सुरु गरिने भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याउनेक्रममा ७० किलोमिटर सडक भत्काएको छ । ‘पाइप बिच्छ्याउनेक्रममा भत्काइएका भित्री सडकको मर्मत तत्काल सुरु गर्दै छौँ,’ निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले भने ।

 

त्यस्तै, मूल सडकको मर्मतको काम भने आयोजनाले नगर्ने जनाएको छ । पाइप बिच्छ्याउनेक्रममा भत्काइएका काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकको मर्मत सडक विभागले गर्ने ढकालले बताए । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउँदा अधिकांश सडक भत्काएको छ । भत्काइएका सडक समयमै मर्मत नहु“दा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ ।

 

सडक भत्काउँदा ८५ करोड जरिवाना
मूल सडक भत्काउँदा मेलम्ची खानेपानी आयोजनाले ८५ करोड जरिवाना तिर्नुपर्ने भएको छ । निर्देशनालयका प्रवक्ता ढकालले ३ वर्षभित्र जरिवानाबापतको रकम तिरिसक्ने बताए । यसवर्ष सडक विभागलाई क्षतिपूर्तिबापत ३० करोड बुझाइसकेको उनले बताए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्