यस्तो छ प्रियंकालाई निकले ६५० करोडमा किनिदिएको सुन्दर महल !

मुम्बई । मुम्बई बलिउड क्षेत्रमा हालैमात्र सम्पन्न भएको इन्गेज्मेन्टपछि प्रियंका र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् ।

विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन्।

प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभएपनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ । अमेरिकी गायक निकले बलिउड नायिका प्रियंकालाई प्रेम प्रस्ताव राख्नुभन्दा पहिले नै यो महल किनेको बताइएको छ ।

अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको त्यो घरको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको समाचार सार्वजनिक भएका छन् ।

४१२९ स्क्वायर फीटमा फैलिएको सुन्दर घरको फोटाहरु प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्