२१ वर्षको कलिलै उमेरमा नायिका थापाको स्कुटर दुर्घटनाबाट मृत्यु

पाल्पा, कार्तिक ८ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा २१ वर्षीया नायिका रुपा थापा मगरको दुर्घटनामा परी मृत्यु भएकी छिन् ।

बिहेको दुलान फर्काएर घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु.१.च ७२५६ नम्बरको जिपले ठक्कर दिँदा ज्यान गएको हो ।

उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएको छ ।

मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी छिन् भने पाल्पाका विभिन्न एफ।एम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गरेकी थिइन् ।

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ।

उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष समेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उज्यालाे अनलाइनबाट

कमेन्ट गर्नुहोस्