जरिन खान १०० किलोबाट ५७ केजीमा कसरी पुगिन् ? यस्तो छ रहस्य !

मुम्बई । बलिउडको सुपरस्टार सलमान खानकोे चलचित्र ‘वीर’बाट बलिउडको यात्रा सुरु गरेकी अभिनेत्री जरिन खान कुनै समयमा १०० केजी तौलकी थिइन् ।

सुपरस्टार सलमानले चलचित्रमा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण चलचित्र ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपन माथि समिक्षकले कटाक्ष गरेका थिए।

त्यसपछि भने जरिनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३ किलो तौल घटाएर ५७ पुर्याइन् । जंकफुडकी सौखिन उनले यहीँबाट बानी सुधार्न थालिन् । तौल घटाउने उनको तरिका भने ८० प्रतिशत खानामा नियन्त्रण र २० प्रतिशत एक्सरसाइज हो ।

अहिले त उनले खानपानदेखि एक्सरसाइजसम्मको रुटीन नै बनाएकी छिन् । उनी बिहानै खाली पेटमा १ लिटर पानी पिउँछिन् । बिहानको खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल हुन्छ । दिउँसो भेजेटेबल सुप पिउने गर्छिन् । दिउँसोको खानामा भने भात र ग्रिल्ड चिकेन हुन्छ थोरै मात्रामा । बेलुकी खाना खान छाडेको धेरै भयो उनले । बेलुकी ब्वाइल्ड तरकारी खाने गरेको बताउँछिन् ।
सुरुमा उनले स्वीमिङ, जगिङ र जिममा धेरै समय बिताइन् ।

अहिले भने बिहान जगिङ, कार्डियो वर्कआउट, तौल घटाउने तालिम र योगा गर्छिन् । सुरुमा मोटी भनेर जिस्काउनेहरुलाई अचेल उनी उल्टै जिस्क्याउँछिन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्