गायक तिलकको ‘कान्छीको’ गीतको भिडियो सार्वजनिक

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी क्षेत्रमा भित्रिरहेका छन् ।

म्यूजिक, मोडलिङ र मुभीमा केही गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न् । केही दिनअघि डिजिटल बजारमा ‘कान्छीको’ बोलको नयाँ भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर, संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ । गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरेका छन् । राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुुन् । सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुुन् भने उत्सव दाहालले भिडियो छायांकन गरेका हुुन् । डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई संगै नयाँ मोडेल प्रकाश बलाएर र अभिसेक शाहले अभिनय गरेका छ्न् ।

अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्