कप्तान विराटले सचिन तेन्दुलकरको रेकर्ड तोडेको खेलमा भारतले निकाल्न सकेन जित

कार्तिक ८ ।

कप्तान विराट कोहलीका लागि विशेष बनेको म्याचमा भारतले जित निकल्न सकेन ।

भारत भ्रमणमा रहेको वेस्ट इन्डिजसँग विशाखा पट्टनममा भएको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल बराबरीमा सकिएको हो ।

उक्त खेलमा भारतका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गरे । यो रेकर्डसँगै विराटले भारतका महान क्रिकेटर सचिन देन्दुलकरको रेकर्ड पनि तोडे । कोहलीले सबैभन्दा कम पारी (खेल) मा १० हजार रन जोडेका हुन् । उनले १० हजार रन पूरा गर्न जम्मा २०५ खेल खेलेका थिए ।

जबकी सचिनले १० हजार रन पूरा गर्न २५९ खेल खेलेका थिए। विशाखा पट्टनममा भएको खेलमा भारतले पहिले ब्याटिङ गरेर ३२१ रन बनायो । ३२२ रनको लक्ष्य पाएको वेष्टइन्डिजले पूरै ५० ओभर खेलेर जम्मा ३२१ रनमात्रै बनायो । वेस्टइन्डिजले ७ विकेटको क्षतिमा खेलको अन्तिम बलमा ३२१ रन बनाएको हो । जसका कारण खेल बराबरीमा सकिएको थियो । टस जितेर भारतले सात विकेटको क्षतिमा ३२१ रन बनाएको थियो । कप्तान कोहलीका लागि विशेष बनेको खेलमा उनको प्रदर्शन पनि राम्रो रह्यो । विराटले नटआउट १५७ रन बनाए । भारतका लागि अम्बाती रायडूले ७३ रन बनाउँदा शिखर धवनले २९ रन बनाउनु शिवाय अन्य खेलाडीको प्रदर्शन ब्याटिङमा राम्रो रहेन ।

वेस्टइन्डिजका एश्ले नर्स र ओवेड मेक्कायले दुई(दुई विकेट लिएका थिए । केमार रोच र मर्लन सैमुअल्सको नाममा एक–एक विकेट रह्यो । जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिजका लागि शाई होपले नटआउट १२३ रन बनाए ।

सिमरन हेटमायरले ९४ र चन्द्रपउल हेमराजले ३२ रन जोडे । भारतका लागि कूलदीप यादवले ३ विकेट लिए भने मोहम्मद शामी, उमेश यादव र युजवेन्द्र चहलले एक–एक विकेट लिए। वेस्ट इन्डिज विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल भारतले जितेको थियो ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्