पत्रकार खशोगीका हत्यारालाई सजाय हुने युवराज सलमानको प्रतिक्रिया

रियाद, कार्तिक ८ ।

साउदी पत्रकार जमाल खशोग्गीको हत्याका सम्बन्धमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले हत्यामा संलग्न सबै अपराधीलाई सजायँ दिने घोषणा गरेका छन् ।

युवराज मोहम्मद बिन सलमानले पत्रकार खशोग्गीको हत्या दुःखदायी भएको बताउँदै यस द्दटनाले टर्कीसँगको सम्बन्धमा कुनै मनमुटाव नहुने बताए ।
दूतावासमा खशोग्गीको हत्याको कुरा साउदीले स्वीकारेपछि पहिलो पटक उनले यसबारे बोलेका हुन् । उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित मान्न सकिँदैन । अन्त्यमा न्यायको नै जित हुनेछ ।’

अक्टोबर २ मा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्