‘मि टु’ काे कठघरामा पूर्वमन्त्री स्थापित, यस्ता छन् उनीमाथि लागेका अाराेप !

काठमाडौं, कार्तिक ८ ।

सामाजिक सञ्जालमा सुरु भएको अभियान ‘मि टु’ का क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ ।

बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साताअघि नेपाली महिला पत्रकारुहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले । विश्वभरि फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ ।

शिव प्रकाशले तत्कालिन काठमाडौं महानगरपलिकाको मेयर तथा हालका प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितमाथि आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो हत्या गर्नेसम्मको प्रयास गरेको आरोप लगाएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘आज मुख खोलें, यी दुष्टले मेरो हत्या गराउने प्रयास गरेका थिए । म खेलकुद परिषद्को प्रचार प्रसार विभागमा रहँदा स्थापित सदस्य सचिव भएर आए । दुर्इ कुरामा यिनले मलार्इ तँगारो देखे । एक थियो, राजनीतिक विचार । म प्रजातान्त्रिक थिएँ । प्रजातान्त्रको पुनस्थार्पना पछि खेलकुद परिषाद्को कर्मचारी संघ पनि स्थापना गरेको थिएँ । उनले मलार्इ तँगारो देखे । रक्सी र आइमाइका भोगी केशव स्थापितले राखेप कार्यालयभित्रै गुण्डा प्रयोग गरेर ममाथि आक्रमण गराए ।’ गुण्डा कताबाट आए थाहा भएन ।

एक्कासी चार–पाँच जना गुण्डाले मध्य दिउँसो फिल्मी शैलीमा कार्यालयमै आक्रमण गरेर गए । गेटमा चौविस घण्टा पहरा थियो । परिषद् ओरिपरि सुरक्षा गार्ड हुन्थे तर ती सबै गुण्डाका लागि स्वर्गद्वार बने । म रगताम्य भएँ, लडे । केहि मित्रले एम्बुलेन्स राखेर अस्पताल लगे । एक हप्ताभन्दा बढीको उपचार पछि घर फर्किएँ । घर फर्किँदा जागिरबाट बर्खास्त गरिएको पत्र पाएँ । यी दुष्टले मलार्इ मार्न खोजेका थिए, म बाँचे ।’

‘नेपाल खेलकुद पत्रकार संघले त यो आक्रमणको घाेत्र भत्सर्ना गर्दै ११ दिनसम्म सम्पूर्ण खेलकुद समाचार बहिस्कार गर्ने निर्णय लियो । गोरखापत्रदेखि कान्तिपुरलगायत सम्पूर्ण पत्रपत्रिकाले सम्पूर्ण पत्रपत्रिकाले खेलकुद समाचार बहिस्कार गरे, दोषिमाथि कारबाहिको माग गरे । तर सर्वेसर्वा सदस्य(सचिव केशव स्थापितले एउटा सानो ‘इक्वाइरी’ समेत गर्ने आदेश प्रशासनलार्इ दिएनन् । उल्टो मलार्इ जागिरबाट बर्खास्त गरेर तँगारो हटाए भन्ठाने, यी अपराधीले । नेपालको इतिहासमा पहिलो पटक खेलकुद समाचार ‘ब्ल्याकआउट’ भयो । संकटको बेला साथ दिने पत्रकार मित्र र सञ्चार माध्ययमलार्इ सदैव सादर धन्यवाद । ‘मि टू’

त्यस्तै पत्रकार रश्मिला प्रजापतीले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी छिन् ।

तर, मुभमेन्ट अन्तर्गत भने उनले सामाजिक सञ्जालमा उक्त घट्नाबारे पहिलो पटक लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् ।

उनलाई प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिका पूर्व मेयर केशव स्थापितले ह्यारेस गरेको बारे लेखिन् । केशवले अहिले पनि अन्य पत्रकारलाई पनि ह्यारेस गरेको कुरा उनले दावी गरेकी छिन् ।

उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

साथै उनले आफू स्थापितबाट यौन हिंसामा परेको विषय यसअघि नै लेखेको बताइन् । उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’

यसअघि यो मुभमेन्टमा सहभागी हुँदै पूर्व सञ्चारकर्मी मीना कैनी,फिल्मकर्मी एवम् डकुमेन्ट्री मेकर सुविना श्रेष्ठ, बिम्मी कालिन्दा शर्माले सेक्सुअल ह्यारेसमेन्टका विषयमा बोलेकी थिइन् ।

कमेन्ट गर्नुहोस्