भारतीय कम्युनिष्ट नेता यचुरी काठमाडौंमा, नेकपाकाे विचार गाेष्ठीलार्इ सम्बाेधन गर्ने

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव यचुरी बिहीबार बिहान काठमाडौं आएका हुन् ।

नेपाल आएका महासचिव यचुरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए ।

नेपाल बसाईको क्रममा महासचिव यचुरीले प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठी सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव यचुरी स्वदेश फर्कने छन् ।

कमेन्ट गर्नुहोस्