इन्टर मिलानमाथि बार्सिलोनाको रोमाञ्चक जित, मेसी छोरासँगै बेन्चमा !

कार्तिक ८ । पोर्चुगलका स्टार स्ट्राइकर लियोनल मेसी दाहिने हात भाँच्चिएर अहिले आराममा छन् ।

गएको शनिबार ला लिगाअन्तर्गतको खेलमा मेसीको दायाँ हात भाँच्चिएको हो । हात भाच्चिएपछि उनले ३ साता आराम गर्नुपर्ने हुन्छ ।

यसैबीच, च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको इन्टर मिलानसँगको खेलमा मेसी बिनाको खेलमा बार्सिलोना विजयी भएको छ । मेसी मैदानमा खेल्न नसके पनि खेल हेर्नका लागि नाउ क्याम्प भने पुगे । उनी आफ्ना छोरा थिएगोसँगै खेल हेर्नका लागि रंगशाला पुगेका हुन् ।

मेसीले जेठो छोरा थिएगोसँगै बसेर आफ्ना साथी खेलाडीको गोल हेरे । उनका छोराले पनि बुवासँगको खेल हेराईको मजा लिए । मेस्सी ३ हप्ता मैदानमा हुने छैनन् ।

मेस्सी ३ हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।

यसअन्तर्गत च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति इन्टर मिलानसँगको खेल गुमाएका हुन् ।

यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।

यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्