काठमाडौं, कार्तिक ८ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेसका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही बिहीबारदेखि दुई साता लामो बेलायत भ्रमण जाने भएका छन् ।
नेपाल तरुण दलको ६५औँ स्थापना दिवसको अवसरमा नेपाल कांग्रेस जनसम्पर्क समितिले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
बेलायतमा रहँदा उनले नेपाली कांग्रेस जनसम्पर्क समितिले आयोजना गर्ने विभिन्न कार्यक्रममा भाग लिनुका साथै जनसम्पर्क समितिका पदाधिकारी, एनआएनएका पदाधिकारी एवं शुभेच्छुकसँग छलफल तथा राजनीतिक भेटघाट गर्ने जानकारी दिएका छन् ।
शाही बिहीबार राति १२ त्यसतर्फ प्रस्थान गर्नेछन् भने दुई सातापछि नेपाल फर्कने छन् ।