सावधान ! अमेरिका जाँदै हुनुहुन्छ भने जोगिनुस् जिका भाइरसबाट

काठमाडौं । खतरनाक मानिने जीका भाइरसका बारेमा भारत सरकारले नयाँ निर्देशिका जारी गरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जीका भाइरसको सम्भावित असरबाट जोगिन अमेरिका, अफ्किा तथा ब्राजिल जस्ता देशको भ्रमण गर्दा विशेष सावधानी अपनाउन भनेको हो ।

अमेरिकामा सन् २०१५ मा जिका भाइरस पत्ता लागेको थियो । अमेरिकाको सरुवा रोग नियन्त्रण विभागका अनुसार जिका भाइरसको सबैभन्दा गम्भीर असर गर्भवती महिलाहरुमा पर्ने गरेको छ ।

विभागले जारी गरेको तथ्यांक अनुसार अक्टुबर तीन तारिखसम्म अमेरिकामा ४६ वटा जिका भाइरसबाट संक्रमणका घटना देखिएका छन् । यी मध्ये ४६ वटा जिका भाइरस संक्रमित क्षेत्रबाट भ्रमण गरेर फर्केकामा देखिएको छ ।

जिका भाइरस लामखुट्टेबाट सर्ने डरलाग्दो रोग हो । अमेरिकी प्रायद्विपमा भने ९८ वटा घटना देखिएका छन् । खासगरी ब्राजिलमा बढी संक्रमण देखिएको छ ।

 

के हो जिका भाइरस ?

विश्वभरि आतंक मच्चाइरहेको जिका भाइरस डेंगुजस्तै एक प्रकारको भाइरस हो । याे लामखुट्टेबाट सर्ने राेग हाे । पछिल्लाे समयमा भएका विभिन्न अध्ययनले याे राेग याै‌न सम्पर्कबाटसमेत सर्ने तथ्य खुलेकाे छ ।

अन्य भाइरस जस्तै यसबाट बच्न कुनै औषधी वा खोप बनिसकेको छैन । जिका जन्मदोष र मस्तिष्कसम्बन्धी विकारमा जिम्मेवार छ । गर्भवती अवस्थामा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउकोसहित जन्मिन्छ । जिका भाइरसकै कारण भर्खरै जन्मिएका शिशुहरुको टाउको अस्वभाविक रुपमा सानो हुने गरेको छ । गत वर्ष ब्राजिलमा मात्र ४ हजार १ सय ८० शिशुहरु यस्तो असामान्य अवस्थमा जन्मिएका छन् । अहिलेसम्म ५० भन्दाबढी शिशुको मृत्यु भएको छ ।

पछिल्लाे समय ब्राजिललगायत २४ मुलुकमा फैलिएकाे थियाे । चिकित्सकका अनुसार,  याे राेग लागेपछि ज्वरो अाउछऽ जीउ दुख्छ, जोर्नी दुख्छ, शरीरमा बिमिरा देखिन्छ, आँखा सुनिन्छ । हालसम्म जिकाको कुनै खास उपचार वा खोप छैन ।  सन् १९४७ मा युगान्डास्थित ‘जिका’ को जंगलमा बाँदरमा देखिएको यो भाइरसको संक्रमण सन् १९५२ मा पहिलो पटक मानिसमा भेटिएको थियो ।

कसरी सर्छ जिका ?

एईडेस नाम गरेको लामखुट्टेले एउटा सक्रीय संक्रमण भएको व्यक्तिलाई टोकेपछि यो रोग फैलिने गर्छ । उनीहरुमा लक्षण देखिएको अवस्थामा उनै मानिसहरु रोगको संवाहक बन्ने गर्छन् ।

अधिकांश मानिसहरुमा भाइरसको लक्षण मझौला प्रकारको हुन्छ । संक्रमणपछि बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, र आखा रातो हुन्छ । वास्तवमा ८० प्रतिशत संक्रमितले आफूलाई जिकाको संक्रमण भएको पत्तो नै पाउदैनन् । यो भाइरस गर्भवती महिलाको एमिनियोटिक तरल पर्दाथमार्फत् सर्न थालेपछि यसको चासो झनै बढेको छ ।

यो भाइरस रगतको आदान–प्रदान, ल्याबमा गरिने एक्सपोज र यौन सम्पर्कबाट पनि सर्ने गरेको छ । सुत्केरी महिलाको दुधमा समेत यो भाइरस देखिएकोले स्तनपान गर्दा समेत यो भाइरस सर्ने विषयमा पुष्टि हुन बाँकी नै भएको बताइन्छ । यौन सम्पर्कबाट जिका सरेको दुईटा घटना देखिएका छन् ।

कसरी जोगिने ?

अहिलेसम्म कुनै उपचार वा खोपको व्यबस्था नभएसम्मै जिकाबाट बच्नु भनेको जिका प्रभावित क्षेत्रमा भ्रमण नगर्नु हो । यदि प्रभावित क्षेत्रमा भ्रमण गर्नै पर्यो भने विश्व स्वास्थ्य संगठन वा त्यहाँका स्थानीय अधिकारीहरुले ल्याएको लामखुट्टेबाट बच्ने उपायको पालना गर्नुपर्छ ।

प्रभावित क्षेत्रमा लामो पाइन्ट लगाउनुहोस, लामखुट्टेको टोकाईबाट बच्न बाक्लो लामबाहुले कमिज लगउनुहोस्, एसीयुक्त परीक्षण गरिएको कोठामा सुत्ने लगायतका उपाय अप्नाउन सकिन्छ । यदि तपार्इंलाई जिका संक्रमण छ भने तपाई आफैले पनि अरुलाई सर्नबाट जोगाउन सक्नुहुन्छ । होटल तथा घरका झ्यालहरुमा लामखुट्टे मारेर पनि यस संक्रमणबाट बच्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्