चर्चित कमेडियन कपिलको शाे र विवाह एकैसाथ !

चर्चित कमेडियन कपिल शर्मा पनि वैवाहिक बन्धनमा बाँधिने भएका छन् । उनको विवाह डिसेम्बर १२ का लागि फिक्स भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

टेलिभिजनमा कमब्याक गर्ने तयारीमा रहेका कपिलले आफ्नो विवाहका लागि समय दिन नसके पनि उनकी प्रेमिका तथा हुने वाला पत्नी गिन्नीले र दुबै परिवारका सदस्य विवाहका लागि जुटेका छन् ।

कपिलले कमब्याक शो लन्च गरिसकेपछि विवाह गर्ने सोच बनाएका थिए । तर गिन्नीका बुवाको स्वास्थ्यस्थिति खराब भएका कारण उनले छिट्टै विवाह गर्ने निर्णय लिएका हुन् ।

गिन्नीका बुवा केही महिना यता बिरामी परेका छन् । यसै कारण कपिल र गिन्नीले छिट्टै विवाह गर्ने निर्णय गरेका हुन् ।

यी दुईको विवाह जालन्धरको क्लब कबानामा उनीहरुको विवाह हुने भएको छ । जालन्धरमा विवाह भएपछि अमृतसर र मुम्बईमा रिसेप्शन हुने बताइएको छ । १४ डिसेम्बरमा मुम्बईमा रिसेप्शन हुने भएको छ भने अमृतसरको मिति भने पक्का भएको छैन ।

कपिलको विवाहमा बलिउडबाट केही छानिएका सेलिब्रेटीहरु मात्र जाने भएका छन् । अहिलेसम्म यो लिस्टमा अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार, दीपिका पादुकोण लगायतका कलाकारहरु परेका छन् ।

गिन्नीको वास्तविक नाम भवनित हो । कपिल र गिन्नीको चिनजान कलेज पढ्दादेखि भएको हो । उनीहरुले कलेजमा हुने हरेक फंशनमा सहभागिता जनाउथे । गिन्नीले कपिलसँग पंजाबी कमेडी हो हँस बलिएमा सहभागिता जनाइसकेकी छिन् ।

यहि सेटबाट उनीहरुको प्रेम शुरु भएको बताइन्छ । उनीहरुले सन् २०१३ मा आफूहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकारेका थिए ।

कमेन्ट गर्नुहोस्