गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल ‘मेलिना राई’ बाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ । राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ ।
राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन् ।
तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई फिचरिङ छन् ।
मेलिनाले पहिलो पटक पुरा भिडियोमा नृत्य प्रस्तुत गरेकी छिन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् ।
हेर्नुहोस् भिडियो