मलेशियामा मानसिक संतुलन गुमाएका एक नेपालीको उद्दार

मलेशिया,कार्तिक ८। रोजगारीका लागि मलेशिया पुगि मानसिक सन्तुलन गुमाएका एक नेपालीलाई उद्दार गरि स्वदेश फिर्ता गरिएको छ।

मानसिक सन्तुलन गुमाएपछी लामो समय देखि मलेशियामा अलपत्र अबस्थामा रहेका रसुवा-७ धाईबुङका कुमार गोलेलाइ बिहीवार नेपाली दूतावास मलेशियाको समन्वयमा उद्दार गरिएको हो।
मलेशियामा कार्यरत गोलेका साथीहरूको पहलमा आर्थिक सहयोग संकलन गरि कानुनी र कागजी प्रक्रिया पूरा गरि स्वदेश फिर्ता गरिएको पासाङ तामाङले जानकारी दिएका छन्।

गोलेलाइ स्वदेश फर्काउन मलेशिया बाट भिम बहादुर तामाङले पहल गरेका थिए भने हवाई टिकटको लागि साइप्रसमा कार्यरत साङमो थोकर र इजरायलमा कार्यरत रोसि मोक्तान तामाङले आवश्यक आर्थिक सहयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्