विराट कोहलीले यसरी पछारे सचिनलाई; सबैभन्दा छिटो १० हजार रन

विशाखापट्टनम । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन बनाउने ब्याट्सम्यान बन्न सफल भएका छन् ।

विशाखापट्टनममा वेस्ट-इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा कोहलीले उक्त उपलब्धि हासिल गरेका हुन् । कोहलीले आफ्फ्नो क्यारिअरको २०५ औं पारीमा उक्त उपलब्धि हासिल गरेका छन् ।

सचिनलाई उछिने कोहलीले

यसअघि यो रेकर्ड भारतकै स्टार खेलाडी सचि तेन्दुलकरको नाममा रहेको थियो । सचिनले २६६ म्याचमा २५९ औं पारीमा उक्त उपलब्धि हासिल गरेका थिए । कोहलीको यो २१३ औं म्याच रहेको थियो ।

पारी र म्याच दुइटैमा विराटले सचिनलाई उछिनेका छन् । उनले सचिनभन्दा ५४ पारी कम खेल्दै यस उपलब्धिलाई हासिल गरेका हुन् । यसपछि सचिन र विराटबीच तुलना हुन थालेको छ ।

 १० हजार रन बनाउने पाँचौं भारतीय

विराट कोहली एक दिवसीय क्रिकेटमा १० हजार रन बनाउने पाँचौं ब्याट्सम्यान बनेका छन् । यसका साथै उनी विश्वका १३ औं खेलाडी समेत बनेका छन् । यसका साथै उनी वेस्ट-इन्डिजविरुद्ध सर्वाधिक रन बनाउने भारतीय खेलाडी समेत बन्न सफल भएका छन् । यसमा पनि उनले सचिन तेन्दुलकरलाई नै पछारेका हुन् ।

सचिनले वेस्ट-इन्डिजविरुद्ध १५७३ रन बनाएका छन् जबकि कोहलीले १६०० रन  नाघिसकेका छन् ।

को छन् १० हजार रन बनाउने शीर्ष सूचिमा?

  • विराट कोहली(भारत) २०५ पारी
  • सचिन तेन्दुलकर(भारत) २५९ पारी
  • सौरभ गांगुली(भारत) २६३ पारी
  • रिकी पोंटिंग(दक्षिण अफ्रिका) २६६ पारी
  • ज्याक कालिस(अस्ट्रेलिया) २७२ पारी
  • महेन्द्रसिंह धोनी(भारत) २७३ पारी
  • ब्रायन लारा (वेस्ट-इन्डिज)२७८ पारी
  • राहुल द्रविड (भारत) २८७ पारी
  • तिलकरत्ने दिलशान(श्रीलंका) २९६ पारी
  • इल्जमाम-उल-हक(पाकिस्तान) २९९ पारी

कमेन्ट गर्नुहोस्