अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु’ पनि पीडामा !

कास्की, कार्तिक ९ । बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पार्ने गरेको छ ।

सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ, बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाहरुले अस्पतालका नर्सहरुलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरु हामी आफैं पीडित छौं पो भन्छन् ।’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’

अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्