गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली’ बजारमा (भिडियोसहित)

नेपाली मौलिक लोक भाकाका सिर्जना बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्यूजिक बैँक नेपाल प्रालिको प्रस्तुतिमा बहुचर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढामगरको आवाजमा रहेको निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली’ गीतको भिडियो बजारमा आएको छ ।

गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक भाषाबाट सजाइएको छ ।

गीतमा पु्र्ण बुढामगरको शब्द तथा लय सिर्जना रहेको छ भने गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन।

हरिश महराको छायाँकन, विष्णु शर्माको सम्पादन, याम गुरुङको निर्देशन भिडियोमा रहेको छ ।मौलिक लोक लयमा आधारित गीतमा एम बि गुरुङ र शशि पुन देसरको अभिनय रहेको छ ।

तलको लिंकमा क्लिक गरी यो भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्