बजारमा घट्यो सुनचाँदीको भाऊ !

काठमाडौं, कार्तिक ९ ।

साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य सय रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, साताको लगातार स्थिर रहेको चाँदीको मूल्य शुक्रबार भने बजारमा पाँच रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्