दिल्ली प्रस्थान गर्दै प्रचण्डले भने, ‘पार्टी र देशको दृष्टिकोण राख्छु’

काठमाडौं, कार्तिक ९ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले दिल्लीमा आयोजना गर्न लागेको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड भारत गएका हुन् ।

सम्मेलनमा दाहालसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले भ्रमणमा राजनीतिक भेटवार्ता नहुने बताए । उनले आफू उक्त कार्यक्रममा सहभागी भएर आजै बेलुका नेपाल फर्कने बताए ।

विचार निर्माणसम्बन्धी कार्यक्रम भएकाले उक्त कार्यक्रमले दक्षिण एसियामा विचार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महसुस गर्दै आफू सहभागी हुन लागेको उनले बताए । कार्यक्रममा आफूले पार्टी र देशको दृष्टिकोण राख्ने बताए ।

कमेन्ट गर्नुहोस्