मुडे बजारमा हिल स्टेशन बन्ने

मेलम्ची, कात्तिक ९ ।

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गरेका छन् ।

मन्त्री नेपालले मुडेबजार पर्यटन, जडीबुटी र कृषिमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले बजेटको प्रशस्त व्यवस्था गरिएको र उक्त बजेटको स्थानीयले युवाको अग्रसरतामा सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्