बालाजुमा ट्रकको ठक्करबाट ३ पैदल यात्रीको मृत्यु

काठमाडौं, कार्तिक ९ ।

बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृति मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।

मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्