पोखरा, कार्तिक ९ ।
पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पाखरा पल्टनले विराटनगरलाई एक सय ९८ रनको फराकिलो चुनौति दिएको छ । टस हारेर ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभरमा ३ विकेट गुमाउँदै १९८ रनको लइड प्रस्तुत गरेको छ ।
पोखरा पल्टनले आक्रमक सुरुवात गर्दै मात्र ६ ओभरमा बिना विकेट गुमाउदै ५३ रन जोडेको थियो । पोखरा पल्टनका लागि ओपनर कुसल भुर्तेलले ५ चौका र २ छक्काको सहयोगमा २६ बलमा ३८ रन बनाएर सन्दिपको बलमा आउट भएका थिए । दोश्रो विकेटको लागि आसिफ र रवि इन्दरको ९४ रनको साझेदारी भएको थियो ।
पोखरा पल्टनको लागि आसिफ सेख ५० (५४) रन र रवि इन्दर सिंहले ४ छक्का र २ चौकाको सहयोगले ४४ (२७) रन बनायर सन्दिपको बलमा आउट भयका थिए । बिनोद भन्डारीले आक्रमक ५ छ्क्का र २ चौकाको सहयोगमा ११ बलमा ४१ र कप्तान सरद भेषावकरले ४ बलमा ७ रन बनाए। नट आउट रहे ।