रातो कमलको फूल हेर्न चिनियाँ पर्यटक

धम्बोझी, कात्तिक ९ ।

बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो ।

चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ ।

उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तिलक शर्माले गरेका छन् भने अन्य आवश्यक व्यवस्था पर्यटन व्यवसायी देवराज जैसीले गरेका छन् ।

बर्दिया जिल्लामा पर्यटकीय सम्भावना के के छन् भन्ने विषयमा सम्भावनाको अध्ययन गरिसकेपछि चिनियाँ टोलीले स्वदेश फर्किएर चिनियाँ सरकारलाई प्रतिवेदन बुझाउने छ । रासस

कमेन्ट गर्नुहोस्