सरकारका गतिविधि पारदर्शी हुनुपर्छ : नगर प्रमुख वड

धनगढी, कातिक ९ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्थानीय सरकारका काम कारबाही खुला र पारदर्शी हुनुपर्ने बताएका छन् ।

गाउँ विकास तथा अनुसन्धान केन्द्र धनगढीले आयोजनाको सामाजिक परिक्षण तथा १०औं साधारणसभा कार्यक्रममा बोल्दै नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाले सोही अनुसार आफ्ना सबै काम कारबाही र निर्णयलाई खुला बनाउँदै लगेको नगर प्रमुख वडले बताए ।

धनगढी उप महानगरपालिकाबाट गरिने हरेक निर्णय जनताले २४ घण्टाभित्रै हेर्न सक्ने ब्यबस्था मिलाईएको छ नगर प्रमुख वडले भने, त्यसका लागि कार्यालय र समुदायलाई जोड्न सूचना केन्द्रहरु संचालनमा ल्याईएका छन् । सूचना प्रविधिमा जनताको पहुँच विकास गर्नमा गाउँ विकास तथा अनुसन्धान केन्द्रले सहयोग पुर्याएको पनि नगर प्रमुख वडले बताए ।

कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले शुशासन अभिवृद्धि बिना लोकतन्त्र बलियो नहुने बताए ।

उनले भने, स्थानीय सरकार खुला बन्दै जाँदा भष्टाचार समेत न्यूनिकरण हुन्छ । सुशासनका सबै विधीहरुलाई आफ्नो गाउँपालिकाले अवलम्वन गरेको चौधरीले बताए । कार्यक्रम ग्राम विकास तथा अनुसन्धान केन्द्रले बिगत एक वर्षदेखि सुशासन परियोजना संचालन गर्दै आएको छ ।

स्थानीय सरकारका सबै काम कारबाहीलाई खुला र पारदर्शि बनाउँदै जनताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको संस्थाका अध्यक्ष दिर्घराज उपाध्यायले बताए ।

फोटो क्याप्सन ः गाउँ विकास तथा अनुसन्धान केन्द्रको कार्यक्रममा नगरप्रमुख वड ।

कमेन्ट गर्नुहोस्