अनियन्त्रित भर्इ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

उर्लाबारी, कात्तिक ९ ।

मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प ९७७३ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्