राहुल गान्धी पक्राउ !

नयाँ दिल्ली, कार्तिक ९ ।
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारले छुट्टीमा बसेका सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले देशभर प्रदर्शन गर्दै आएको छ । कांग्रेसले बर्मालाई पुनर्बाहलीको माग राखेका छन् ।

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको प्रतिक्रिया दिँदै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा गठित समितिले सिबिआईको जिम्मेवारी एम. नागेश्वर रावलाई दिएको छ ।

कमेन्ट गर्नुहोस्