‘चङ्गा चैट;ले कता पुर्‍याउला परमिताको फिल्मी करियर ?

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले चलचित्र ‘चपली हाइट २’ बाट डेब्यू गरेकी हुन् ।

पहिलो चलचित्रबाट नै दर्शकले उनको अभिनयलाई निकै रुचाएका थिए । गायनमा समेत सक्रिय रहेकी परमिता पछिल्लो समय प्रदीप खड्का अभिनित ‘रोज’मा देखिएकी थिइन्।

तर ‘रोज’बाट खासै उनी चर्चामा आउन सकिनन् । चलचित्रमा उनी सहायक भुमिकामा देखिएकी थिइन् । अब उनी अभिनित चलचित्र ‘चङ्गा चेट’ प्रदर्शनको तयारीमा छ । अब यो चलचित्रले उनको फिल्म करियरमा कस्तो प्रभाव पार्ला ? त्यो कार्तिक १६ पछि नै थाहा हुने छ।

उनी अभिनित ‘दि कर्म’ र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनको तयारीमा छ।

कमेन्ट गर्नुहोस्