दिल्लीबाट प्रचण्डकाे सम्बोधन [LIVE]

दिल्ली, कार्तिक ९ ।
भारत भ्रमण रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् । इन्डिया फाउन्डेसनले दिल्लीमा आयोजना गरेको विचार सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आजै दिल्ली गएका हुन् ।

भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले विचार निर्माणसम्बन्धी कार्यक्रम भएकोले देश र पार्टीको दृष्टिकोण राख्ने बताएका थिए । साथै उनले यो छोटो भ्रमणमा राजनीतिक भेटवार्ता नहुने स्पष्ट पारेका थिए ।

सम्मेलनमा अध्यक्ष प्रचण्डसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, 26 October 2018

 

कमेन्ट गर्नुहोस्