नेपाली मुस्लिम समाज कतार द्वारा सरसफाइ कार्यक्रम सम्पन्न

दोहा,कार्तिक ९ । स्वास्थ रहन सहरसफाइ र बाताबरण स्वस्थ राखौ भन्ने मुल नाराका साथ नेपाली मुस्लिम समाज कतारले कतारको नगरपालिकाको स्वीकृतिमा ओक्राको फेमेली बिच समुन्द्र तटमा शुक्रबार सहरसफाइ कार्यक्रम सम्मपन्न गरेको छ।

नेपालको लियो क्लब का अध्यक्ष चान्द बाबू इराकी समाजसेवी तथा नेकपाका युवा नेता बिबि खराल,नेकपाका नेता तथा समाजसेवी रामहरि गैरे समाजसेवी दोहाका सागर नेपाल लगाएत दुई सय नेपाली युवाहरुले बिहान ८ बजे देखि ११ बजे सम्म दोहाको विभिन्न ठाँउमा सरसफाइ गरेका हुन।

नेपाली मुस्लिम समाजका उपाध्यक्ष इस्माइल पन्तले कतारमा रहेका नेपालीहरु कतारको सम्मान र कतार प्रती बफादार रहेको भन्दै बाताबरण सफाइमा ध्यानाकर्षण गराएका थिए। त्यस्तै नेपाली मुस्लिम समाजका अदालत इन्जिनियर मोहम्मद अयुब हकले नेपाली मुस्लिम समाज कतारको बाताबरण सहरसफाइ अभियानमा उपस्थित जनाउने सम्पूर्ण लाई धन्यवाद दिदै आफू आफ्नो घर समाज र बाताबरण सधै सफा राखौ र स्वस्थ बनौ भन्ने मुल नाराको साथ आफुहरुले बिश्वमा नयाँ संदेश दिन चाहेको बताए ।

अध्यक्ष इन्जिनियर मोहम्मद अयुब हकले हामी जहाँ जुन देशमा बसेका छौ त्यो देशको सम्मान गरौ र नेपाल र कतार बिचको सम्बन्ध लाई प्रगाढ बनाउने र नेपालीहरुपनी कतारलाइ माया गर्ने संदेश दिन खोजिएको बताएका छन । उक्त कार्यक्रममा सन २००० बाट बिश्व साइकल यात्रामा निस्केका बिश्व साइकल यात्री यासिन मामाले चिनिने गैंडाकोट १० निवासी खगराज खत्रीले पनि उपस्थित जनाउदै आफू पनि नेपाल लाई बिश्व सामु चिनाउन सन २००० हजार बाट बिश्व साइकल यात्रमा हिडेको र केही समय कतार बसेका यासिन मामा खग राजले बिश्व भाइ बन्धुत्त्व र शान्तिको लागि आफ्नो यात्र पुनः जारी रहेको बताउदै यहि डिसेम्बरबाट टर्की हुँदै युरोप अमेरिका लगाएतका देशमा भ्रमण रहेको बताएका छन्।

उक्त कार्यक्रममा नेपाल देखि आएका लियो क्लब नेपालका अध्यक्षले बाताबरण र समाज सफाइ आजको आवश्यकता भएको भन्दै नेपाली मुस्लिम समाजले राखेको कार्यक्रमको प्रशम्सा गर्दै यो अभियान नेपालमा गएर आफुले पनि आफ्नो घर र समाज बाट चलाउने बताएका छन । उक्त कार्यक्रममा रहेका समासेबी तथा नेकपाका नेता पुर्ब एमाले कतारका अध्यक्ष समेत रहेका नेता रामहरि गैरेले नेपाली मुस्लिम समाजकतारको प्रशम्सा गर्दै नेपाली मुस्लिम समाज कतारले बिगत एक दशक भित्र राम्रा राम्रा कार्यक्रम गरेर नेपाली समाज र कतार सरकारको ध्यानाकर्षण गराकोमा खुसी ब्यक्त गरेका छन ।

त्यस्तै समाजसेवी सागर नेपाल द्वारा अभियान संचालन गरेकोमा नेपाली मुस्लिम समुदाय प्रती धन्यवाद ब्यक्त गर्दै समाजको काम कारबाही बाट अरुले पनि केही सिक्न पर्ने बताएका छन ।

समाजका माहसचिब अफ्सर खान अलिले समाजको कार्यक्रमको बारेमा सम्पुर्ण लाई जानकारी गराएका थिए भने प्रबक्ता मेहताब आलाम ,पुर्ब अध्यक्ष अब्दुल हफिज मियाले कार्यक्रम को समापन गर्दै नेपाली समुदाय शान्ती प्रियको समुदाय भएको बाताउदै नेपालमा मिलेर बसेका विभिन्न समुदाय बिस्वमा उदारणिय रहेको भन्दै साम्प्रदायिक हिम्सा निम्त्याउन खोज्नेहरुलाइ सामाजिक बहिष्कार गर्नुपर्ने बताएका छन भने संरक्षक साकिर अलिले उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै यस्ता कार्यक्रम विभिन्न समयमा आयोजना गरिने बताएका छन।

कमेन्ट गर्नुहोस्