भाकपा नेता यचुरी भन्छन्, ‘नेपाल र भारत जुम्ल्याहा दाजुभार्इ हुन्’

काठमाडौं, कार्तिक ९ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीले नेपाल र भारतबीचको सम्बन्धमा कुनै गलत मानसिकता राख्न नहुने बताएका छन् ।

 

शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी भार्इ-भार्इ पक्कै हौं, तर भारत दाइ र नेपाल भार्इ भन्ने मान्यता गलत हो ।’

भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिन आयोजित कार्यक्रममा नेता यचुरीले दुई देशबीच सहअस्तित्वको सम्बन्ध रहेको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध जुम्ल्याहा दाजुभाइको जस्तो भएको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा बिहीबार काठमाडौं आइपुगेका मार्क्सवादी नेता यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका छन् ।

कमेन्ट गर्नुहोस्