रवि वड नेपाल आइडलको टप ९ मा पुग्न सफल

काठमाडौं, कार्तिक ९ । सुदूरपश्चिमबाट नेपाल आइडल सिजन-२ मा एक मात्र बाँकि प्रतिस्पर्धी रहेका रवि वड सुरक्षित नै रहेका छन् । उनी उत्कृष्ट-९ भित्रै पुग्न सफल भएका हुन् ।

 

उनी बिहीबार प्राप्त भएको भोटका आधारमा उत्कृष्ट ९ भित्र पुग्न सफल भएका हुन् । आज (शुक्रबार) नेपाल आइडलबाट जस्मी लिम्बू आउट भएका छन् । उनी निर्णायक तथा दर्शकको भोटका आधारमा शुक्रबार बाहिरिएका हुन् । वाइल्ड कार्डबाट इन्ट्रीबाट गाला राउण्डमा आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्