श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा राजपाक्षे नियुक्त

एजेन्सी । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे नियुक्त भएका छन् । उनलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

 

यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् ।

 

सरकार प्रवक्ता रजिताले सेनारत्नेले पनि बीबीसीसँग कुरा गर्दै रानिल विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् । पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।

कमेन्ट गर्नुहोस्