पोखरा प्रिमियर लिगः पारस र सोमपालको टिम भिड्दै [LIVE]

काठमाडौं, कार्तिक १० । शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार २ वटा खेल हुने भएका छन् ।पहिलो खेलमा बिहान ९ बजे चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् ।

 

चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ ।

 

यसैगरी शनिबार दिउँसो १ बजे काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्ने छन् । काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा रहँदा धनगढीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्समाथि ५८ रनको जित निकालेको थियो ।

कमेन्ट गर्नुहोस्