‘गर्लफ्रेन…’ खोज्दै गायक सुवास जे खरेल (भिडियोसहित)

हाल अष्ट्रेलियामा रहेका चितवने युवा गायक सुवास जे खरेलको नयाँ गीत सार्वजनिक भएको छ ।

शुक्रबार युट्युब मार्फत ‘गलफ्रेन…’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायक खरेलले एउटा गलफ्रेनको खोजीमा रहेको बताएका छन् ।

अनिल शर्मा, एक तारे, सुशान्त गौतमको शब्द रहेको गीतमा सुशान्त गौतमकै संगीत रहेको छ । चितवनको भरतपुर निवासी गायक खरेलको यसअघि सार्वजनिक ‘रातो चेकसर्टमा…’ बोलको गीतले निकै चर्चा पाएको थियो ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्