सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

काठमाडौं, असोज १० ।

एपिक नेपाल म्युजिक प्रालीको आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ ।

५९ विधामा आयोजना गरिने कार्यक्रममा सेलिब्रेटीलाई सम्मान गरिने आयोजना गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले जानकारी दिए । उनका अनुसार लोकदोहोरी तर्फ २१, पपतर्फ १५, दशैँ गीतमा १६ र आधुनिक तर्फ १७ गरी कुल ५९ विधालाई समावेश गरिने भएको हो ।

२०७४ भदौँ मसान्तदेखि २०७५ भदौं मसान्तसम्म बजारमा आएको गीतलाई प्रतियोगितामा समावेश गरिने उनले बताए । गत भदौ १५ गतेबाट आवेदन खुल्ला गरिएको आवेदन फारम कार्तिक १५ गतेसम्म बुझाउने ब्यवस्था गरिएको छ ।

यसैगरी फाराम एपिक नेपालको कार्यालय अनामनगरबाट प्राप्त गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्