पीपीएल : बुटवल ब्लास्टर्स ७० रनले विजयी

पोखरा, कार्तिक १० ।
पोखरामा जारि पोखरा प्रमियर लिगको आजको पहिलो खेलमा चितवन राइनोज बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएको छ ।

१३६ रनको लक्ष्य पछ्याउने क्रम चितवन राइनोजले निर्धारित २० ओभर नखेलि १६।५ ओभरमा ६५ रनमा समेटिएको हो । चितवन राइनोजका कोहि पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।

बुटवलका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ४ विकेट र अर्का बलर ललित सिंह भण्डारीले २ विकेट लिए । चितवनका लागि ब्याट्सम्यान भुवन कार्कीले सर्वाधिक १९ रन, कप्तान पारस खड्का १० रन, सन्नी पटेल र शक्ति गौचलले समान ९ रन र करण केसिले ७ रनको योगदान गरे ।

यस अघि बुटवल ब्लास्टर्सले निर्धारित २० ओभर खेल्दै ६ विकेटमो क्षतिमा १३५ जोडेको हो । बुटवलका लागि सागर पुनले ४६ रन , शंकर रानाले ४८ रन र सिद्धान्त लोहनीले १७ रनको योगदान गरे ।

कप्तान सोमपाल कामी ६ रनमा नटआउट रहे । चितवनका लागि करन केसिले दुर्इ विकेट र शक्ति गोचनले एक विकेट लिए ।

आज हुने दोस्रो खेलमा जानेन्द्र मल्लले कप्तानी गरेको काठमाडौ र दिपेन्द्र सिंह एेरिको कप्तानिमा रहेको धनगढी बिच प्रतिस्पर्धा हुनेछ । खेल दिनको १स्३० मिनेटमा पोखरा रंगशालाको क्रिकेट मैदानमा हुनेछ ।

कमेन्ट गर्नुहोस्