भर्जिनियामा स्वर्गीय नेता बास्तोलाप्रति श्रद्धान्जली (फोटोफिचर)

अमेरिकाको भ्रमणमा रहनुका पूर्व अर्थमन्त्री डा.रामशरण महत लगायतले भर्जिनियामा स्वर्गीय चक्रप्रसाद बास्तोलाप्रति श्रद्धान्जली अर्पण गरिएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको हालै भएको निधनमा दुःख ब्यक्त गर्दै स्वर्गीय नेताप्रति श्रद्धान्जली ब्यक्त गर्न नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया च्याप्टर द्वारा गत अक्टोबर २५ का दिन श्रद्धाञ्जली सभाको आयोजना गरियो।

नेपाली कांग्रेसका नेताहरु पूर्वमन्त्री डा रामशरण महत प्रमुख अतिथी तथा रेवतिप्रसाद भुषाल विशेष अतिथी रहेका सो कार्यक्रममा स्वर्गीय बास्तोलाको ब्यक्तित्व र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान र अहम भूमिकाको बारेमा बिभिन्न महानुभावहरुले चर्चा गरेका थिए ।

स्वर्गीय चक्र बास्तोलासँग ५० वर्षअघि आफ्नो भेट भएको र उनीसँग पार्टी संगठन तथा सरकारमा रहदा गरिएका कार्यहरुको स्मरण गर्दै प्रमुख अतिथी डा.रामशरण महतले नेपाली कांग्रेसले एक कर्मठ निर्भिक र बुद्धिजिवी कार्यकर्ता गुमाएको छ भने ।

उक्त कार्यक्रममा उपस्थित सहभागीहरुबाट नेपालको वर्तमान अवस्था, नेपाली कांग्रेसको भूमिका तथा नेकाको आन्तरिक संगठन सुधार र ब्यबस्थापनको बारेमा उठाइएका प्रश्न र जिज्ञासाहरुको बारेमा डा.महतले प्रकाश पारेका थिए । कांग्रेसको बिधान संशोधन, महासमिति बैठक र चालु केन्द्रिय समिति बैठकमा छलफल भइरहेका बिषयहरुको बारेमा पनि प्रकाश पार्दै उनले नेपाली जनसंपर्क समितीको गठन हुँदाको अवस्थाको बारेमा पनि जानकारी गराएका थिए ।

नेपाली कांग्रेस सदैब गैह्र आवासिय नेपालीको हक अधिकारको पक्षमा रहेको छ भन्नु हुँदै उनले नेपालको बिकासमा एनआरएनएको महत्वपूर्ण भूमिका रहेको छ भने ।

अर्का नेता रेवतीप्रसाद भुषालले पनि स्वर्गीय चक्र बास्तोला एक निर्भिक र बुद्धिजिवी ब्यक्तित्व रहेको भन्दै उनीप्रति श्रद्धान्जली ब्यक्त गरे । साथै उनले नेपाली कांग्रेसले आफ्नो संगठनलाई सुदृढ र ब्यबस्थित गर्न आवश्यक रहेको बताए ।

सो कार्यक्रममा नेजसस अमेरिकाका उपसभापति केशव बराल, एनआरएन भर्जिनियाका सभापति गोबिन्द सुबेदी, एनआरएन सल्लाहकार अर्जुन सिग्देल,वरीष्ठ साहित्यकार हरि अधिकारी, दधी ढुंगाना, सादगी कृष्ण भण्डारी, मुक्तिनाथ पन्त, भरत रेग्मी, तोया पौडेल, भरत बाराइली, सुरेश अधिकारी, डा श्याम थापा, राम मिश्र, यम कोइराला, सन्चारकर्मी विश्वराज थापालगायतले स्व.चक्र स्वर्गीय बास्तोलाको ब्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उनको योगदानको बारेमा चर्चा गर्दै नेता एवं पूर्वमन्त्री महतसँग अन्तक्र्रिया गरेका थिए ।

कार्यक्रमको सभापतित्व गर्दै नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति रामशरण हुमागाइले स्वर्गीय बास्तोलाको ब्यक्तित्व र प्रजातान्त्रिक आन्दोलनमा भएको उनको योगदानको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन डा.देशराज संयोकले गरेका थिए ।

श्रद्धाञ्जलीका केही झलकहरु-

 

कमेन्ट गर्नुहोस्