पीपीएल : धनगढी ब्ल्युज र काठमाडौं रोयल्स भिड्दै [LIVE]

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अहिले धनगढी ब्ल्युज र काठमाडौं रोयल्सबीचको खेल सुरु भएको छ । काठमाडौं रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ।

पोखरा रंगशालामा शुरु पहिलो खेलमा ज्ञानेनद्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दिपेन्द्रसिं ऐरीको कप्तानीमा रहेको धनगढी ब्ल्यूज भिड्दै छन्।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छन्। प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज छन्।

 

कमेन्ट गर्नुहोस्