मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताएका छन् ।

 

दसैं, तिहार र छठ पर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रचण्डले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमको पनि विशेष महत्व रहेको बताए ।

 

राजधानीको भृकुटीमण्डपमा जारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।चियापान समारोहमा प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ ।

 

नेकपाले चियापानमा चिया, कचौरी, निम्की, केरा लगायत परिकार राखेको थियो । चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधरणको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्