साफ यू–१५ च्याम्पियनसिप : माल्दिभ्स ९–० ले पराजित !

काठमाडौं, कार्तिक १० ।

साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत शनिबार भएको दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गरेको छ । पहिलो हाफ चार र दोस्रोमा ५ गोल खाएको माल्दिभ्स खेलबाट बाहिरिएको छ ।
माल्दिभ्सविरुद्ध फराकिलो हित निकालेको बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशको जितमा निहत जमानले ४ गोलको योगदान गरे । यस्तो तमोरको १ गोल, रसेल अहमेद र आसिकुर रहमानको समान दुई गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा माल्दिभ्सको हारसँगै नेपाल पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार नेपाल र बंगलादेश समूह बिजेता र उपबिजेताका लागि एकआपसको सामना गर्दैछन् ।

विहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।अहिले बंगलादेश र नेपालको समान ३ अंक छ ।

कमेन्ट गर्नुहोस्