जीप दुर्घटनाः गम्भीर घाइते डीआईजी भण्डारीको निधन, मृतकको संख्या तीन पुग्यो

काभ्रे, कार्तिक १० ।  जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको पनि मृत्यु गएको छ । भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उनीसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि दुर्घटनामा रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको थियो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको धुलिखेलमा उपचार भइरहेको छ । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्