नमुना बिश्वकर्मा समाज नेपाल, कुवेत द्वारा अाँखा क्यान्सर पीडितलाई आर्थिक सहयोग

कुवेत,कार्तिक १०।नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले अाँखा क्यान्सर पीडितलाई ७७३.७५० कुवेती दिनार अर्थात नेपाली दुई लाख सन्तानब्बे हजार आठ सय उनासी रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क का छोरा आठ बर्सिए नजिन बि. क को अाँखामा क्यान्सर भएको थियो । उनको उपचारका लागि कुवेतमा नजिन बि.क बचाउ अभियान सस्थाका अध्यक्ष भिम गदलको संयोजकत्वमा आर्थिक सहयोग
संकलन गरि सहयोग गरिएको हो ।

नेपाल क्यान्सर अस्पतालमा उपचाररत बि.क लाई सस्थाका सहकाेषाध्यक्ष राम बिश्वकर्मा, सदस्य रुद्र गदल र आशिस गदलले उक्त आर्थिक सहयोग अाँखा क्यान्सर पीडित नजिनको आमा उदिमाया बि.क र अभियन्ता बबिता योन्जन तामाङ लाई हस्तान्तरण गरेका हुन ।

६ महिना पहिले अाँखामा मासु पलाएको र बिस्तारै अाँखामा मासुको आकार बढ्दै गएको थियो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको थियो उनको अहिले नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको यस सस्थाले कुवेतमा समस्यामा परेका नेपाली , दुखी, गरिब र असहायहरुको उद्दार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ भने स्वदेशमा समेत धेरै दुखी, गरिब र असहायहरु लाई आर्थिक सहयोग गर्दै आएको संस्थाका महासचिव चन्द्र विश्वकर्माले जानकारी दिएका छन्।

नजिन बि.क बचाउ अभियानमा सहयोग गर्नु हुने संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण सहयोगी दाजुभाइ तथा दिदिबहिनीहरु लाई नमुना बिश्वकर्मा समाज नेपाल कुवेतले धन्यवाद व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्