अमेरिकाको पिट्सवर्गमा बन्दुकधारीद्वारा गोली प्रहार, ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ। ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार उक्त घटना शनिबार बिहान ९ः४५ बजे भएको प्रहरीले जनाएको छ। बन्दुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गोली चलाएका थिए। उनी राइफल र दुई वटा पेस्तोलसहित त्यहाँ प्रवेश गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्