पीपीएलः धनगढीद्वारा विराटनगरलाई १८३ रनको लक्ष्य, सौरबको शानदार प्रदर्शन [अपडेट]

काठमाडौं, कार्तिक ११ । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत टस हारेर ब्याटिङको निम्तो पाएको एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको हो । उसले सबै विकेटको क्षतीमा सन्दीप लामिछानेको टिम विराटनगरलाई १८३ रनको लक्ष्य प्रस्तुत गरेको हो । खराब सुरुवात गरेको धनगढीको इनिङ कप्तान दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले सम्हाले ।

 

आज दिपेन्द्रले २९, टे«गोले ५३, सन्दीप जोरा १२, सन्दीप सुनारले टिमका लागि ९ रनको योगदान दिए । यस्तै, सौरव खनालले आज शानदार प्रदर्शन गरे । उनले १३ बलमा ४१ रन प्रहार गरे ।

बलिङमा विराटनगरका लागि जितेन्द्र मुखियाले ४, सन्दीप लामिछाने, मोहम्मद आलम, किशोर महतो र सुनिल धमलाले समान एकएक विकेट लिन सफल भए । विराटनगरले एकछिनमा जावाफी ब्याटीङ गर्ने छ । पहिलो खेलमा दुवैले पराजय भोगेका छन् । आज दुवै टिमको लक्ष्य पहिलो जित दर्ता गर्ने हुनेछ ।

कमेन्ट गर्नुहोस्