पूर्णिमाको ‘फूल भनौं जिन्दगीलाई’ को भिडियो सार्वजनिक

गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फूल भनौं जिन्दगीलाई’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

केही महिनाअघि यस गीतको अडियो सार्वजनिक गरिएको थियो । उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ । अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन् । उनले भनिन्– ‘गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ । भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु।’

भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्न सकिन्छ । गीतको एरेन्जर पनि संगीतकार आचार्य नै हुन् । गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन् । गीतको अडियो दर्शक–श्रोताले रुचाएका कारण भिडियो पनि रुचाउने उनको तर्क छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो

कमेन्ट गर्नुहोस्