आइतबार बजारमा कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, कार्तिक ११ ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बजारमा सुन प्रतितोला ५९ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्