डीसीमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुसँग अन्तरक्रिया

काठमाडौं, कार्तिक ११ ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तर्राष्ट्रिय विकास संस्थाद्वारा आयोजना गरिएको विकेन्द्रीकरण, सुशासन, नेपालको आधारभूत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख ब्याञ्जुसहित रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत तथा सडक बिभागका शिव हरि सापकोटा समेतले सहभागिता जनाएका थिए ।

अमेरिकाको भ्रमणमा रहेका नगर प्रमुख ब्याञ्जुले एक अन्तरक्रिया कार्यक्रममा धुलिखेललाई सत प्रतिशत साक्षरता गर्ने तथा बालश्रम मुक्त घोषणा गर्ने तयारीमा रहेको बताए ।

नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका अशोक ब्याञ्जुले नेपाल कृषिमा तरकारी, कुखुराको मासु, अन्डा आई इत्यादि बाहेक सबै कुरामा अन्य देशसँग निर्भर रहनुपर्ने बताए । आफ्ना भनाइहरु राख्दै अहिलेको स्थानीय सरकार भनेको नै इतिहासकै सर्वाधिकरुपमा शक्तिशाली रहेको बताउँदै पहिले गाउँ पालिकामा ७-१० लाख बजेट हुने गरेको हाल १० करोड सम्मको बजेट रहने बताए  । ब्याञ्जुले अब स्थानीय सरकार स्थिर छ र कसैले पनि स्थानिय सरकारलाई अविश्वासको प्रस्ताव समेत ल्याउन नसक्ने बताए ।

मन्तब्यकै क्रममा पर्यटन, जल बिद्युत, कृषि, उद्योगलगायत धेरै कुरामा राम्रो सम्भावना रहेको बताए । उनले विकास गर्न खर्च चाहिन्छ भन्ने कुरामा जोड दिए । यसको लागी अन्तर्राष्ट्रिय दातृ निकायसँग विकासको लागि कुरा अगाडि बढाएको बताए । विकास भनेको भावना मात्रले नहुने बताए । त्यसको लागि सरकारसँगै खर्च छैन भने ।

उनले गरिवी निवारणका कार्यक्रम, सडक निर्माण, खानेपानी स्वास्थ्य सम्बन्धी बिशेष चर्चा गरे । मन्तव्यकै क्रममा धुलिखेल ९८.८ प्रतिशत साक्षरता भइसकेको बताएका छन् ।

कार्यक्रममा उपस्थित बुद्धिजीवी, विभिन्न पेशामा संलग्न विभिन्न व्यक्तित्वहरु अमेरिकन संघीय सरकार, नीति निर्माणमा कार्यरत नेपाली समुदाय, अमेरिकामा संघीय सरकार तथा स्थानीय सरकारसँग काम गरिरहेका अभियन्ता लगायतले सुझाव, सल्लाह तथा जिज्ञासा राखेका थिए ।

नगर प्रमुख अशोक ब्याञ्जु तथा सडक बिभागका शिवहरि सापकोटाले उनीहरुलाई सोधिएको जिज्ञाशाको जवाफ दिएका थिए । ब्याञ्जुले सबै नेपालीलाई ज्ञान, बुद्धि, सीप तथा सम्भव भएमा धन राष्ट्रलाई दिन आग्रह गर्नुको साथै देशलाई पनि फर्केर हेर्नुपर्ने बताए ।

यसैगरी रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेतले आफूले सडक मर्मतको कार्यको कोष (फन्ड) सुनिस्चितता गर्ने बताए । नेपालमा सडक निर्माण गरेका छौं तर उक्त सम्पति व्यवस्थापन गर्न हामीले जानेका छैनौ भने । साथै सदैव नेपालमा बनेका सडकका गुणात्मक बारेमा प्रश्न उठ्ने र सडक मर्मत सम्भारका लागि उठाइएको रकम निकासामा ढिला हुने कारण सडक निर्माणमा ठूलो समस्या रहेको बताए ।

यसैगरी सडक बिभागका शिवहरि सापकोटाले पहिला सानो सडक बन्दथ्यो भने अब ठूला सडक बन्ने तयारीमा रहेको बताए । उनले इतिहासकै सबैभन्दा खराब सडक हाल काठमाडौँको भएको बताए । एउटा मेलम्ची खानेपानी को कारण जताततै सडक भत्काउने र अर्को यही समयमा अत्यधिक सडक ठेक्का खुला गरेको कारण त्यस्तो पनि अवस्था भएको जनाए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ९ बिद्या वारिधि ०को उपस्थिति रहेको थियो भने राजदुत कार्कीले आफूले अमेरिकामा संघीय सरकारमा काम गर्ने ठूला ठूला नेपालीहरु भेटको चर्चा गरे । उनीहरु आफ्ना सीप, ज्ञान, अनुभव मातृभूमिको लागि समर्पण गर्न इच्छुक पनि रहेको कुरा चर्चा गरे ।

अन्तर्राष्ट्रिय विकास सँस्था (आईडिआई) का संस्थापक सुमन तिम्सिनाले कार्यक्रमको संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्