‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्ड शुरु, यस्तो छ भोटिङ गर्ने तरिका

काठमाडौं, कात्तिक ११ ।

नेपालको चर्चित रियालिटी शो ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा शनिबारदेखि लाइभ राउण्ड शुरु भएको छ ।

नयाँ राउण्ड शुरु भएसँगै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’मा धेरै परिवर्तन भएको छ । दर्शकलाई मनोरन्जन प्रदान गर्न र अन्तर्राष्ट्रियस्तर कायम गर्न यो कार्यक्रमको स्टेजको डिजाइन परिवर्तन गरिएको छ, निर्णायकसहित होष्टको ड्रेस डिजाइनमा पनि परिवर्तन भएको छ भने नयाँ को–होष्ट (एंकर)को प्रवेश भएको छ ।

कार्यक्रमलाई थप रोमाञ्चक र आकर्षक बनाउन महिला एंकरको रुपमा ओशिन सिटौला ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ जोडिएकी छिन् । अब ओशिन सिटौलाले होष्ट सुशिल नेपालसँगको सहकार्यमा कार्यक्रम संचालन गर्नेछिन् ।

‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ को लाइभ राउण्ड कार्यक्रममा २ जना निर्णायक तथा कोचहरुले आफ्ना ४–४ जना प्रतिस्पर्धीलाई प्रस्तुत गराउने छन् भने सोमध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीलाई भने भोटिंगको लागि अगाडि पठाउने छन् ।

प्रतिस्पर्धीहरुमध्ये आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ ।

भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुने छ । त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नु हुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुने छ।

यतिमात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्न सकिने छ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मनपर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् ।

उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।

दर्शकहरुले ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न सकिने छ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नका लागि यो https://play.google.com/store/apps/details?id=com.nepware.ton लिंकमा जानुहोस् ।

त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नको लागि यो https://itunes.apple.com/np/app/the-voice-of-nepal/id1352444656?mt=8 लिंकमा जानुहोस् ।

मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिने छ । ‘टिभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डको पहिलो कार्यक्रममा टिम दिप र टिम सनुपको तर्फबाट चार÷चार जनाले आफ्नो गायनकला प्रस्तुत गरेका थिए । कोच सनुपले आइतबार आफ्नो टिमबाट प्रस्तुत दिएकी प्रतियोगी विद्यालाई सेभ गरेका थिए भने टिम सनुपका सुनन्धा ढकाल, वर्ता गन्धर्व र सप्तक दुतराज भोटिंगको लागि गएका छन् ।

त्यस्तै कोच दिपले आफ्नो टिमबाट प्रस्तुत दिएका विवेकलाई सेभ गरेका थिए भने टिम दिपबाट राजु तामाङ, स्वेच्छा ठकुरी र दिनेप न्यौपाने भोटिंगको लागि गएका छन् ।

शनिवार कला प्रस्तुत गरेका प्रतियोगीहरुको भोटिंगको रिजल्ट पनि आउँदो एपिसोडमा प्रस्तुत हुनेछ । त्यसैले आफूलाई मनपरेको प्रतियोगीलाई धेरैभन्दा धेरै भोट गर्न हार्दिक अनुरोध गर्दछौं ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गीत संगीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

थप जानकारीका लागि

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस् ।

कमेन्ट गर्नुहोस्